तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश, सयौ उडान रद्ध
२०८२ कार्त्तिक ०६ बिहीवार
- राष्ट्रिय मौसम सेवाले क्यान्टरबरी, वेलिंग्टन, नेल्सन र मार्लबरो क्षेत्रहरू हावाबाट सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
काठमाडौँ : १५५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश निम्त्याएको छ । तिब्र हावाका कारण लगभग ९० हजार घरहरूमा बिजुली गुमेको छ भने १०० भन्दा बढी घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् ।
राष्ट्रिय मौसम सेवाले क्यान्टरबरी, वेलिंग्टन, नेल्सन र मार्लबरो क्षेत्रहरू हावाबाट सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । धेरै क्षेत्रमा रूखहरू र बिजुलीका पोलहरू उखेलिएका छन्, सडकहरू बन्द गरिएका छन् र रेल सेवाहरू अवरुद्ध भएका छन् ।
सरकारले प्रभावित क्षेत्रहरूका लागि न्यूजिल्याण्डको सबैभन्दा गम्भीर मौसम चेतावनी श्रेणी जारी गरेको छ । दक्षिण टापुको पहाडी क्षेत्रहरूमा भारी वर्षा र पहिरोको अनुमान गरिएको छ।
आपतकालीन व्यवस्थापन मन्त्रालयले नागरिकहरूलाई घर भित्रै बस्न, अनावश्यक यात्रा नगर्न र आपतकालीन किटहरू तयार राख्न सल्लाह दिएको छ।
वेलिंग्टनका मेयर टोरी व्हानाउले भनेका छन्- 'हामी दशकमा एक पटक आउने हावा देखिरहेका छौं । हाम्रा टोलीहरूले सडक र बिजुलीका लाइनहरू खाली गर्न काम गरिरहेका छन्, तर त्यसका लागि समय लाग्नेछ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।